लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भोटेकोशीमा पुनः बाढी : बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

समाचार

भोटेकोशीमा पुनः बाढी : बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

यसैबीच पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि सो राजमार्ग अवरुद्ध भएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिनुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
भोटेकोशीमा पुनः बाढी :  बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन, १४ भदौः भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव अहिले चितवन आइपुग्दा घटेको छ । त्रिशूली नदी हुँदै बिहान ७ः०० बजे बाढी मुग्लिन कटेको थियो । बाढी पूर्वानुमान महाशाखाका ‘हाइड्रोलोजिष्ट’ सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि तीन दशमलव पाँच मिटर बढेको छ । आजको बाढी नारायणीमा मिसिएपछि दुईदेखि दुई दशमलव पाँच मिटर बहाव बढ्ने उहाँको अनुमान छ । 

नारायाणी नदीको देवघाटमापन केन्द्रमा बाढी आउनुपूर्वको बहाव छ मिटर रहेको र सो स्थानमा पानीको बहाव नौ मिटर पुगेपछि खतरोन्मुख हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । यद्यपि पहिलेको भन्दा नदीमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन नदी तटीय क्षेत्रका बासिन्दालाई उहाँले आग्रह गर्नुभयो । यसैबीच पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि सो राजमार्ग अवरुद्ध भएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिनुभयो । 

सडक भासिएपछि चितवन तर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने  सवारीसाधनलाई सुरक्षित स्थानहरूमा रोकिएको उहाँले जानकारी दिनुभयो । यसअघि भोटेकोशी नदीमा पुनः बाढी आएको खबर फैलिएसँगै बिहान ४ः०० बजेपछि रोकिएको सडक ७ः०० बजेदेखि खुलेकामा अहिले पुनः सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
gov