लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालयको भवन निर्माण

अर्थतन्त्र

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालयको भवन निर्माण

न्युज बिहानी
न्युज बिहानी
Shares
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालयको भवन निर्माण

 तनहुँ, २९ साउनः तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तनहुँको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको हो । उक्त भवनको २०८० साल असोज ९ गते शिलान्यास गरिएको थियो । सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमूना डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिएको भवनले विद्यार्थीका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्न सहयोग पुर्याउने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार रु ९४ लाख ५७ हजारको लागतमा भवन निर्माण गरिएको हो । विद्यालय भवन निर्माणको ठेक्का स्याङ्जास्थित निवास इन्जिनियरिङ कन्सल्टेन्सीले प्राप्त गरेको थियो । नयाँ भवनले आयोजना प्रभावित समुदायका विद्यार्थीका लागि थप व्यवस्थित र गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराउँदै अनुकूल सिकाइ वातावरण सृजना गर्ने भण्डारीले बताउनुभयो । यसले सामाजिक पूर्वाधारको विकास तथा आसपासका समुदायको दीर्घकालीन शैक्षिक र सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको उहाँको भनाइ छ । 

विद्यालयका प्रधानाध्यापक उत्तम खनियाले नयाँ भवन निर्माण भएपछि अध्ययनमा सहज हुने बताउनुभयो ।  आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । हालसम्म ९८ वटा योजनाहरू सम्पन्न भइसकेको र छवटा योजना सञ्चालनमा रहेको भण्डारीले जानकारी दिनुभयो । भिमाद नगरपालिका–५ स्थित फेदीखोला मोटरेबल पुल निर्माण, ऋषिङ गाउँपालिका–७ स्थित डाडीवन चुलेसी पहुँच मार्ग, भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण, ऋषिङ गाउँपालिका–१ स्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण, भिमाद नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माणको काम जारी छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।