लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालय र नाडाविच छलफल

अटो टेक

सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालय र नाडाविच छलफल

न्युज बिहानी
न्युज बिहानी
Shares
सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालय र नाडाविच छलफल

अशोज १४ गते नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसंग भेटगरी सवारी साधनहरुको दर्ताको सम्बन्धमा देखा परेका समस्याहरुको विषयमा विस्तृत छलफल गरेको छ । 

उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले हाल चाडपर्वको समय नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरुमा समेत सवारीसाधन दर्ता सम्बन्धी कार्यको चाप बढिरहेको अवस्थामा कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न केही कठिनाइ भइरहेको अवस्था छ भन्दै कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीको तर्फबाट आवश्यक कागजात पेश गर्ने तथा सवारीसाधन दर्तासम्बन्धी आवश्यक कार्यमा सहजीकरण गर्ने भए तापनि कार्यालयमा हुने नियमित प्रक्रिया तथा कर्मचारीको कार्यचापका कारण उक्त कार्य सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेकोले यस विषयमा तत्काल सहयोग र समन्वयका लागि अनुरोध गर्नु भएको छ ।

सोहि छलफलको क्रममा नाडाका सचिव तथा टु हवीलर समितिका सभापति मेघराज पौडेलले मिति २०८३ अशोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसंग नाडा प्रतिनिधिहरुले भेटगरी उक्त विषयमा समाधानका लागि छलफल समेत गरिसकेको जानकारी दिनु भयो । 

छलफलको अन्त्यमा प्रमुख जिल्ला अधिकारी पौडेलले यस विषयमा सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुसंग छलफल र समन्वयगरी समस्याको समाधान गरिने बताउनु भयो । उक्त भेटघाट तथा छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य विमल साह, नाडा टु हवीलर समितिका सदस्यद्धय योगेन गुरुङ्ग तथा दिपक रौनियार समेतको उपस्थिति रहेको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup