एभरेष्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत रु २,५१,००,०००÷– (अक्षरेपी दुई करोड एकाउन्न लाख रुपैँया) र आफ्ना कर्मचारीहरुको तर्फबाट रु ६०,५४,६०५.३८÷– (अक्षरेपी साठी लाख चौवन्न हजार छ सय पाँच रुपैँया अठ्तिस पैसा) समेत गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा रु ३,११,५४,६०५.३८÷– (अक्षरेपी तिन करोड एघार लाख चौवन्न हजार छ सय पाँच रुपैँया अठ्तिस पैसा) नगद सहयोग उपलब्ध गराएको छ ।
नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ । बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विपदको सामना गर्न अग्रपङ्क्तिमा खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूणर् सहयोगी हातहरुप्रती हार्दिक आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्