लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

वित्त बजार

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

न्युज बिहानी
न्युज बिहानी
Shares
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी रु. तीन करोड एकाउन्न लाख रुपैयाँ रकमको चेक अर्थ मन्त्रीलाई हस्तान्तरण गर्नुभयो । साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि रु. दश लाख बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ ।

अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ । यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिँदै बैंकले उक्त सहयोग प्रदान गरेको हो । यसबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका जस्ता कार्यहरुमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup