काठमाडौं । नेपालमा चाउचाउको बजारमा प्रतिस्पर्धा नयाँ विषय होइन। दशकौँदेखि स्वदेशी तथा विदेशी ब्रान्डबीच बजार हिस्सा बढाउने प्रतिस्पर्धा चलिरहेको छ। स्थापित ब्रान्डको दबदबा रहेको यही बजारमा सन् २०१७ मा प्रवेश गरेको एउटा नेपाली ब्रान्डले भने छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भयो। रुपन्देहीबाट उत्पादन यात्रा सुरु गरेको यशोदा फुड्स प्रालिको चाउचाउ ब्रान्ड ‘करेन्ट’ अहिले केवल एउटा चाउचाउको नाममा मात्र सीमित छैन।
वार्षिक ८ अर्ब माथिको कारोबार, ४२ हजार मेट्रिक टन उत्पादन क्षमता, स्न्याक्समा विस्तार, ३ सयभन्दा बढी वितरक भएको र २२ भन्दा बढी देशमा निर्यात हुने गरेको नेपाली FMCG (Fast-Moving Consumer Goods- छिटो बिक्री हुने र दैनिक उपभोग गरिने वस्तु) उद्योगको एउटा उदाहरण बनेको छ। करेन्ट केवल बजारमा सफल भएको एउटा चाउचाउ ब्रान्ड मात्र होइन। यसमा नेपाली लगानी, औद्योगिक रोजगारी, कृषि उत्पादन, वितरण सञ्जाल, आयात प्रतिस्थापन, निर्यात र स्थानीय ब्रान्ड निर्माणको सम्भावना जोडिएको छ।
करेन्टले बजार आफ्नो दवदवा बनाउनुको कारण यसको बजार रणनीतिको सबैभन्दा महत्वपूर्ण पक्ष यसको स्वाद र उत्पादन विविधीकरण देखिन्छ। सुरुवातमा हट एन्ड स्पाइसीजस्ता उत्पादनमार्फत युवा पुस्तालाई लक्षित गरेको ब्रान्डले पछि हट एन्ड लेमन, २एक्स स्पाइसी, ३एक्स स्पाइसी, सेजवान, चिज एन्ड बटर, ओरियन्टल, अकबरे, इन्स्ट्यान्ट नुडल्स, च्याटपटलगायत विभिन्न स्वादका उत्पादन विस्तार गरेको छ। आज करेन्ट केवल चाउचाउको ब्रान्ड मात्र होइन यसको चिज बल्स, स्टिक्स, पोटाटो क्र्याकर, अनियन रिङ्स, चिप्स, नमकिन, मिलेट तथा अन्य स्न्याक्ससम्म कम्पनीले उत्पादन गर्ने गरेको छ ।
बजारमा लोकप्रियता बढ्दो
करेन्टको सफलता केवल बजारमा देखिने लोकप्रियताबाट मापन गर्नुपर्ने अवस्था छैन। कम्पनीको वित्तीय यात्राले पनि यसको विस्तारको गति देखाउँछ। यशोदा फुड्सको आम्दानी चार बर्षमा रु.३ अर्बबाट ८ अर्व नाघिसकेको छ । यस तथ्यले करेन्टको बजार बिस्तार ब्यापक मात्रामा भएको पाउन सकिन्छ। करेन्ट आज केवल युवामाझ मात्र लोकप्रिय नभई बच्चादेखि वृद्दसम्म लोकप्रिय बनेको छ ।
उत्पादन क्षमता
यशोदा फुड्स र यसको पूर्ण स्वामित्वको सहायक कम्पनी यशोदा नुडल्स एन्ड स्न्याक्सको मर्जरपछि नुडल्स उत्पादन क्षमता वार्षिक ३० हजार मेट्रिक टनबाट ४२ हजार मेट्रिक टन पुगेको छ। स्न्याक्सतर्फको क्षमता पनि वार्षिक ९ सय मेट्रिक टनबाट ४ हजार ५ सय मेट्रिक टन पुगेको छ। बजारले माग बढाउँदै गएपछि कम्पनीले बिक्री बढाउने मात्र नभएर उत्पादन पूर्वाधारमा समेत लगानी बढाइरहेको छ।
किसानदेखि विदेशी बजारसम्म
करेन्टको अर्को रोचक पक्ष यसको स्थानीय कच्चा पदार्थसँगको सम्बन्ध हो। यशोदा फुड्सले आफ्नो उत्पादनमा नेपाली कृषि उपज तथा नेपाली उद्योगबाट उत्पादित कच्चा पदार्थको प्रयोगलाई प्राथमिकता दिएको छ। कम्पनीले अकबरे खुर्सानी, गुन्द्रुक, टिमुर, फापर, कोदो तथा नेपाली मैदाजस्ता सामग्री नेपाली किसानको उत्पादन प्रयोग गर्ने गरेको छ । कम्पनीले करिब ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी स्रोतबाट प्रयोग गर्ने गरेको छ।
रोजगारी स्वदेशमै
नेपालमा औद्योगिक रोजगारी सिर्जना गर्नु ठूलो चुनौतीको रुपमा देखिन्छ । यशोदा फुड्सले प्रत्यक्ष अप्रत्यक्ष २० हजारभन्दा धेरै नेपालीलाई रोजगारी दिएको छ । उत्पादनसँगै बिक्री, मार्केटिङ, गोदाम, ढुवानी, वितरण, खुद्रा व्यापार, मेसिनरी मर्मत, प्याकेजिङ र कृषि आपूर्तिको क्षेत्रमा समेत आर्थिक गतिविधि सिर्जना गरेको छ ।
निर्यात
नेपालको औद्योगिक अर्थतन्त्रको सबैभन्दा ठूलो कमजोरीमध्ये निर्यात एक हो। देशभित्र ठूलो बजार भए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको उपस्थिति कमजोर हुनु आजको विडम्बना हो । करेन्टले यो समीकरण बदल्ने प्रयास गरेको छ। अहिले करेन्टका उत्पादन २२ भन्दा बढी देशमा पुगेका छन्। भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत, सिंगापुर, यूएई, कतार, कुवेतलगायतका बजारमा नेपाली उत्पादन पुगेको छ। कम्पनीको निर्यातले कुल आम्दानीको करिब १२ प्रतिशत हिस्सा ओगटेको छ ।
हरित उद्योग
कम्पनीको विस्तार उत्पादन क्षमतामा मात्र सीमित छैन। सन् २०२५ को अन्त्यतिर यशोदा फुड्सले ८० प्रतिशतसम्म ऊर्जा आवश्यकता सौर्य ऊर्जाबाट पूरा गर्ने लक्ष्यसहित हरित नुडल्स उत्पादन सुविधा सञ्चालनमा ल्याएको छ। ऊर्जा आयातमा निर्भर नेपालका लागि उद्योगमा स्वच्छ ऊर्जाको प्रयोग आफैंमा महत्वपूर्ण विषय हो। यदि यस्तो अभ्यास ठूलो औद्योगिक स्तरमा विस्तार हुन सकेमा यसले उत्पादन लागत, ऊर्जा सुरक्षा र वातावरणीय प्रभावका विषयमा पनि सकारात्मक प्रभाव पार्न सक्छ।
ब्राण्ड
करेन्ट आज बजारमा ब्राण्ड बनिसकेको छ। चाउचाउ भन्ने बित्तिकै करेन्ट भन्ने शब्द धेरैको मुखमा आउने गर्दछ । करेन्टप्रतिको उपभोक्ता सन्तुष्टिमा मूल्य, स्वाद, गुणस्तर, प्याकेजिङ, मात्रा र उपलब्धता जस्ता पक्षको सकारात्मक प्रभाव देखिएको छ । विशेषगरी युवामाझ लोकप्रिय ‘स्पाइसी’ सेग्मेन्टमा करेन्टले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको देखिन्छ।
‘पिरो’ स्वादबाट पहिचान
करेन्टको ब्रान्डिङको महत्वपूर्ण पक्ष यसको ‘स्पाइसी’ पहिचान बन्यो।करेन्ट हट एन्ड स्पाइसी, हट एन्ड लेमन, २एक्स स्पाइसी, ३एक्स स्पाइसीलगायत उत्पादनमार्फत विशेषगरी युवा उपभोक्तालाई लक्षित गर्दै गयो।करेन्टको ‘spicy noodles’ सेग्मेन्टमा रहेको विशिष्ट पहिचानले विशेषगरी युवामाझ लोकप्रियता बढाएको छ।
करेन्ट अब केवल चाउचाउ ब्रान्ड होइन, नुडल्स र स्न्याक्स दुवैमा आफ्नो उपस्थिति बढाउँदै गएको FMCG कम्पनी हो। करेन्टको बजार सफलताको एउटा कारण यसको उत्पादन रणनीति पनि हो। हट एन्ड स्पाइसी, २एक्स स्पाइसी, ३एक्स स्पाइसीलगायत उत्पादनमार्फत कम्पनीले विशेषगरी युवा उपभोक्तामाझ ‘स्पाइसी’ पहिचान निर्माण गरेको छ।यसले बजारमा एउटा स्थापित ब्रान्डसँग सीधा प्रतिस्पर्धा गर्नुको सट्टा विशिष्ट स्वाद र उपभोक्ता समूहमा आफ्नो स्थान बनाउने रणनीति अपनाएको देखिन्छ। यही ब्रान्ड पहिचानलाई विस्तार गर्दै कम्पनीले चाउचाउबाहेक चिप्स, चिज बल्स, स्टिक्स, नमकिनलगायत स्न्याक्स उत्पादनमा समेत प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्