लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

कर्पोरेट

मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

न्युज बिहानी
न्युज बिहानी
Shares
मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरु श्री नन्दकिशोर राठी, श्री मनोज कुमार गोयल, श्री शरद गोयल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (ceo) श्री आनन्द नेपालले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो ।

कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ । मारुती सिमेन्ट्स लिमिटेडले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । विपद्को समयमा पीडित तथा प्रभावित नागरिकसँग हातेमालो गर्नु हाम्रो सामाजिक दायित्व हो, कम्पनीले जनाएको छ ।

मारुती सिमेन्ट्स लिमिटेडले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्र्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup