लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

अटो टेक

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

सर्वसाधारणहरुको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ रहेको नाडाले जनाएको छ । भोलि विहान साढे १० बजेदेखि सुरु हुने सो कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गर्नेछन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सम्पुणर् तयारी पुरा भएको छ । मोवाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पूर्ण  तयारी पुरा भएको बताएको हो । 

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्ममा २ सय १५ भन्दा बढी स्टलहरु बनीसकेका छन् । सोमबार पत्रकारहरुलाई प्रदर्शनीस्थलको भ्रमण गराउदै अध्यक्ष उप्रेतिले गत बषर्हरुको भन्दा यसपाली स्टल फराकिलो र व्यवस्थित रहेको दावी गरे । प्रदर्शनीस्थल ह्विलचेयरमैत्री छ भने बत्ती, एसी र पंखाहरुको पर्याप्त व्यवस्था गरिएको छ । 

त्यस्तै प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल ÷ मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ । त्यस्तै अवलोकन गर्न चाहने अवलोकनकर्ताले पहिले सवारीसाधन, त्यसपछि वित्त, बीमा, सर्भिस र पार्ट्ससम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकत गर्न सक्नेछन् । जसले .गाडी किन्नेहरुले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्नेछन् ।

नाडाका अनुसार प्रदर्शनीस्थलमा ५३ सवारी ब्राण्ड, ७० पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले भाग लिएका छन् । ‘नाडा अटो शो’ अबलोकनकर्ताहरुको सुविधालाई मध्यनजर राख्दै नाडाले अग्रिम टिकट बुकिङको पनि व्यवस्था गरेको छ । अग्रिम टिकको लागि खल्तीको एप वा आधिकारिक क्यूआर कोड मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । त्यस्तै सर्वसाधारणहरुको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ रहेको नाडाले जनाएको छ । भोलि विहान साढे १० बजेदेखि सुरु हुने सो कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गर्नेछन् । 

पत्रकार सम्मेलनमा अध्यक्ष उप्रतीले अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलव्ध रहेको छ । त्यसैगरी सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणाली को व्यवस्था गरेको नाडाले जनाएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।