काठमाडौं । हालै आएको आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ। समूहले कठिन घडीमा बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ।
पद्म ज्योति समूहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्