एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा असोज १४ गते सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८२÷८३ को बार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि ५% बोनस शेयर र १०% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, प्रस्तावित बोनस शेयर जारी भएपश्चात् पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको छ । आ.व. २०८३÷८४ को लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्