लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, यसपटक द बिगेस्ट एक्सचेन्ज मेला

अटो टेक

काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, यसपटक द बिगेस्ट एक्सचेन्ज मेला

एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “हामी ब्लू फेस्टमार्फत् नेपाली राइडरलाई प्रविधि र प्रदर्शनका क्षेत्रमा यामाहाले कायम गरेका विश्वस्तरीय मापदण्डको नजिक ल्याउन प्रतिबद्ध छौं।

न्युज बिहानी
न्युज बिहानी
Shares
काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, यसपटक द बिगेस्ट एक्सचेन्ज मेला

काठमाडौं, नेपाल – १८ सेप्टेम्बर २०२६ – यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लू फेस्ट” फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। यहि असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई “द बिगेस्ट एक्सचेन्ज मेला” का रूपमा प्रस्तुत गरिएको छ। मेलाले ग्राहकलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनमा सहज रूपमा एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङ गर्ने अवसर प्रदान गर्नेछ।

सम्पूर्ण दुईपांग्रे अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना हुने ब्लू फेस्टमा मोटरसाइकलप्रेमी, परिवार तथा सम्भावित ग्राहकले यामाहाका अपग्रेड गरिएका स्कुटर तथा मोटरसाइकलहरूको रेन्जलाई नजिकबाट अवलोकन गर्न सक्नेछन्। मेलामा “चंगा चेट” अभियान पनि सार्वजनिक गरिनेछ, जसले देशभरका राइडरलाई आफ्ना पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न प्रोत्साहित गर्नेछ।

आगन्तुकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन मेलास्थलमै ल्याएर तत्काल मूल्यांकन गराउन सक्नेछन्। यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरको टोली परिचालन गरिनेछ, जसले बजारमा सम्भव भएसम्मको उत्कृष्ट मूल्यांकन सुनिश्चित गर्नेछ। साथै, १० लाख रुपैयाँसम्मको क्यासब्याक अफरसहित ग्राहकले आफ्नो पुरानो सवारीसाधनबाट नयाँ यामाहामा सहज र छिटो अपग्रेड गर्न सक्नेछन्।

सवारीसाधन खरिदलाई थप सहज बनाउन यामाहाले नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराउनेछ। साथै, ४० महिनासम्मको कम ईएमआई योजनाको सुविधा पनि रहनेछ। मेला अवधिभर आयोजना हुने विभिन्न गतिविधिमा सहभागी भएर आगन्तुकले हाइटेक ग्याजेट जित्ने अवसरसमेत पाउनेछन्।एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “हामी ब्लू फेस्टमार्फत् नेपाली राइडरलाई प्रविधि र प्रदर्शनका क्षेत्रमा यामाहाले कायम गरेका विश्वस्तरीय मापदण्डको नजिक ल्याउन प्रतिबद्ध छौं।

यसपालिको ब्लू फेस्टमा हामीले ग्राहकका लागि अपग्रेडको प्रक्रियालाई आजसम्मकै सहज र थप लाभदायक बनाउने उद्देश्य राखेका छौं।”खरिदको अनुभवसँगै ब्लू फेस्टमा ६ दिनसम्म मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्। आगन्तुकले रोमाञ्चक स्टन्ट शो, टेस्ट राइड, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट र आकर्षक कस्प्ले आर्टिस्ट प्रस्तुति हेर्न सक्नेछन्। साथै, मेला अवधिभर विभिन्न डुअर प्राइज र निःशुल्क एसेसरिज पनि उपलब्ध हुनेछन्।

पछिल्ला वर्षहरूमा यामाहा नेपालको ब्लू फेस्ट देशभरका दुईपांग्रे सवारीसाधनप्रेमीका लागि बहुप्रतीक्षित कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ। यस वर्षको संस्करणमा विगतको तुलनामा अझ ठूलो संख्यामा आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। इच्छुक ग्राहकले मेलास्थलमा पुगेर प्रत्यक्ष जानकारी लिन सक्नेछन्। थप जानकारीका लागि यामाहा नेपालको एनटीसी नम्बर १६६००१११०४४ वा एनसेल नम्बर ९८०१३४५२४३ मा सम्पर्क गर्न सकिन्छ। डिलरशिपसम्बन्धी जानकरीका लागि ९८०१०१७३०० मा सम्पर्क गर्न सकिनेछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup