बुधबार, १३ साउन २०८३
काठमाडौं, साउन १२ । भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिइसकेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइसकिएको पुष्टि गरेका हुन्। तर भ्रमणको मिति वा निमन्त्रणा कहिले पठाइएको हो भन्नेबारे उनले कुनै जानकारी दिएनन्।
पत्रकार सम्मेलनका क्रममा हालै नेपाली अधिकारीहरूको भारत भ्रमण प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारीसँग सम्बन्धित हो कि भन्ने प्रश्नमा जैसवालले आफू त्यसबारे जानकार नरहेको बताए। उनले भने, "पहिलो प्रश्नबारे म जानकार छैन। नेपालका प्रधानमन्त्रीको भ्रमणका लागि निमन्त्रणा गइसकेको छ।"