शनिवार, २ साउन २०८३
काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ । ट्रमा सेन्टरमा ७ जना ,एभरेस्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३ जना , केएमसी अस्पतालमा २ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
अहिले काठमाडौँका विभिन्न अस्पतालमा १ सय ५० भन्दा बढी घाइतेको उपचार भईरहेको बताईएको छ, घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन। मृतकहरूको परिचय अहिलेसम्म खुलेको छैन। मृत्यु हुनेमा स्कुलका बालबालिकाहरू समेत रहेका छन् ।