शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

बिप्लव–भूसाल–शर्मा साझेदारी : राजनीतिक अन्योल हटाउन नयाँ सहकार्य सुरु

२१ कात्तिक, काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’, माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले मुलुकको राजनीतिक अन्योल अन्त्य गर्न सहकार्यको घोषणा गरेका छन्। शुक्रबार बिहान हरिसिद्धीस्थित बिप्लवको निवासमा तीन नेताबीच भेटवार्ता भएको थियो। 

भेटपछि उनीहरूले विद्यमान राजनीतिक संकटलाई सम्बोधन गर्ने उद्देश्यका साथ सहकार्य अघि बढाउने साझा धारणा व्यक्त गरेका छन्। भूसालले वर्तमान परिस्थितिमा कम्युनिस्ट शक्तिबीच सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै सहकार्यलाई विस्तार र बलियो बनाउनेतर्फ छलफल भएको बताए।

उनका अनुसार सहकार्यलाई ‘एकीकरण’का रूपमा बुझ्न नहुने, तर साझा मोर्चा बनाएर अघि बढ्ने सहमति भएको छ।

‘हामी सहकार्यमा छौं। आजको राजनीतिक आवश्यकताअनुसार सहकार्यलाई विस्तार गर्दै जानेछौं,’ भूसालले भने, ‘तर यसलाई एकीकरणको रूपमा बुझ्ने भ्रम नहोस्।’उनले तीन नेताबीच विगतमै सहकार्य सुरु भए पनि पछिल्लो समय पातलो बनेको उल्लेख गर्दै अब त्यसलाई पुनः समीक्षा गरेर व्यवस्थित ढंगमा अघि बढाइने बताए।भेटका निष्कर्ष समेटेर तीन नेताको तर्फबाट संयुक्त विज्ञप्ति आजै सार्वजनिक गरिने जनाइएको छ।