मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सहमति प्रयास असफल : गगन थापाको सभापतिमा एकल उम्मेदवारी

३० पुस, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा आइतबारदेखि जारी पार्टीको दोस्रो विशेष महाधिवेशनअन्तर्गत थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन समिति स्रोतका अनुसार सभापति पदमा थापाको मात्रै मनोनयन दर्ता भएको छ। यससँगै पार्टीका अन्य सबै पदाधिकारी पदका लागि पनि मनोनयन दर्ता प्रक्रिया  भइरहेको श्रोतले जनाएको  छ।

सहमतिको प्रयासस्वरूप बुधबार बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग वार्ता गरेका थिए। तर उक्त वार्ता निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ। मनोनयन दर्ता सम्पन्न भए पनि महामन्त्री थापा र शर्माले हाल कानुनविद्हरूसँग परामर्श गरिरहेका छन्।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकिएको छ र आज दिउँसो १ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ।