शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पुनर्बिमा कम्पनीको ६ अर्बको हकप्रद सेयर स्वार्थ समूहलाई सुम्पिन चलखेल

कानुनत: सरकारले सेयर निष्कासनका लागि स्वीकृति दिएर आफ्नो भागको खरिद गर्न नसके उक्त सेयर स्वत: लिलाम प्रक्रियामा जान्छ ।

सरकारले हकप्रद सेयरमा लगानीका लागि आवश्यक बजेट नै नछुट्याई स्वार्थ समूहलाई हत्याउन सहज हुने गरी नेपाल पुनर्बिमा कम्पनीको पुँजी वृद्धि गर्न स्वीकृति दिने तयारी गरेको छ । चालू आवमा संस्थानमा सेयर लगानीका लागि ५७ करोड ७० लाख मात्रै विनियोजन गरेको सरकारले पाँच अर्ब ९१ करोड लगानी गर्नुपर्ने पुनर्बिमा कम्पनीको हकप्रद सेयर निष्कासनको स्वीकृति दिन लागेको हो ।

कानुनत: सरकारले सेयर निष्कासनका लागि स्वीकृति दिएर आफ्नो भागको खरिद गर्न नसके उक्त सेयर स्वत: लिलाम प्रक्रियामा जान्छ । सरकारसँग बजेट नभएका वेला सेयरलाई लिलाम प्रक्रियामा लगेर सस्तोमा स्वार्थ समूहलाई सुम्पिने चलखेल भएको अर्थ मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार उक्त सेयर हत्याउने चलखेलमा हिमालयन रि–इन्स्योरेन्स समूह लागिरहेको छ । अहिले पुनर्बिमा कम्पनीको हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि फाइल बिमा प्राधिकरण र अर्थ मन्त्रालयमा पुगेको छ । 

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखसमेत रहेका बिमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले पुनर्बिमा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासनको स्वीकृति गराउने प्रस्ताव आएको पुष्टि गरे । ‘अर्थ मन्त्रालय र बिमा प्राधिकरणमा प्रस्ताव आएको छ । तर, अहिले तत्काल निर्णय भने लिइसकेका छैनौँ । छलफल गरेर निर्णय लिन्छौँ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।