लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलीब्रिज जडान सुरु

समाचार

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलीब्रिज जडान सुरु

यसले बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्कसमेत पुनःस्थापित गर्नेछ । रसुवासँगको सडक सञ्जाल प्रभावकारी नहुदाँ बाढीपश्चात् रसुवाको दैनिक जनजीवन प्रभावित हुदै आइरहेको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा  बेलीब्रिज जडान सुरु

त्रिशूली (नुवाकोट), १९ असोजः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु भएको छ । यसका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती आइपुग्ने छन् । बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले बेलीब्रिज जडान सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

पुल जडान गर्न सामान्यतया तीन दिन लाग्ने भए पनि पुरानो ‘जिप’ (पुलको संरचना) होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ । थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले बताउनुभयो ।

यसअघि वेत्रावतीमा रहेको पुलको ‘जिप’ भोटेकोशीको बाढीले पुरेको थियो । सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा थप दुई–दुई मिटर उचाइ बढाइएको हो । निर्माण गर्न लागिएको एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ । पुलको भारवहन क्षमता ६० टन रहने उल्लेख छ ।

वेत्रावतीसम्म सडक पहुँच पुगेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ । गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि निर्माण कार्यले गति लिएको हो । सडक पहुँच पुग्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट उक्त स्थानमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) तथा ‘जिप’को उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो ।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडक खण्ड यही शनिबारदेखि सञ्चालनमा आएको छ । दसैँअघि नै वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ । यसले बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्कसमेत पुनःस्थापित गर्नेछ । रसुवासँगको सडक सञ्जाल प्रभावकारी नहुदाँ बाढीपश्चात् रसुवाको दैनिक जनजीवन प्रभावित हुदै आइरहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup