लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित, व्यक्तिगततर्फ राजबहादुर शाह

अर्थतन्त्र

सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित, व्यक्तिगततर्फ राजबहादुर शाह

यसबाट मुलुकको राजस्व प्रणालीमा निजी क्षेत्रका विभिन्न उद्योग, व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूको योगदानलाई पहिचान गर्ने उद्देश्य राखिएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित, व्यक्तिगततर्फ राजबहादुर शाह

काठमाडौं । विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ संस्था तथा एक व्यक्ति उत्कृष्ट करदाताका रूपमा घोषित भएका छन् । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न क्षेत्र, कारोबार समूह तथा व्यावसायिक गतिविधिअनुसार सबैभन्दा बढी आयकर तिर्ने करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरेको हो । विभागले सार्वजनिक गरेको उत्कृष्ट करदाताको सूचीमा औद्योगिक, बैंकिङ, बीमा, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, व्यापार तथा सेवा क्षेत्रका प्रतिष्ठित संस्थाहरू परेका छन् । संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि छनोट भएको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल उत्कृष्ट करदाता बनेको छ ।

वस्तु निर्यात गर्ने कम्पनीमध्ये डाबर नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ । त्यस्तै, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने कम्पनीमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपालले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि उत्कृष्ट करदाता बनेको छ ।बैंकिङ क्षेत्रबाट नबिल बैंक लिमिटेड उत्कृष्ट करदाताका रूपमा छनोट भएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन व्यवसायअन्तर्गत सोल्टी होटल लिमिटेडले उत्कृष्ट करदाताको सम्मान पाउने भएका छन् ।

वस्तु व्यापारको कारोबार गर्ने कम्पनीमध्ये आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा सीजी इम्पेक्स प्रालि उत्कृष्ट बनेको छ । वार्षिक ५० करोड रुपैयाँभन्दा बढी र एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा छनोट भएको छ ।ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि उत्कृष्ट करदाता बनेको छ । रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । व्यक्तिगत आयतर्फ भने राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।

त्यसैगरी, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड उत्कृष्ट बनेको छ । विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालिले उत्कृष्ट करदाताको स्थान हासिल गरेको छ । बीमा क्षेत्रअन्तर्गत जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् । लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छनोट भएको छ ।

यसैबीच, नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेड उत्कृष्ट बनेको छ । कम्पनीले आर्थिक वर्ष २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण तथा सोबमोजिमको कर समयमै दाखिला गरेको आधारमा उक्त स्थान प्राप्त गरेको हो ।आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र र कारोबार समूहलाई छुट्टाछुट्टै वर्गीकरण गरी करदाताको योगदानका आधारमा उत्कृष्ट छनोट गरेको जनाएको छ । यसबाट मुलुकको राजस्व प्रणालीमा निजी क्षेत्रका विभिन्न उद्योग, व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूको योगदानलाई पहिचान गर्ने उद्देश्य राखिएको छ ।

उत्कृष्ट करदाताको सूचीमा परेका संस्थाहरूले राज्यको राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । आयकर तथा मूल्य अभिवृद्धि कर समयमै दाखिला गर्नुका साथै नियमित कर सहभागिता जनाउने करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले विभागले यस्तो सम्मान प्रदान गर्दै आएको छ । बैंकिङ, बीमा, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, उद्योग, व्यापार तथा सेवा क्षेत्रका संस्थाहरूको सहभागिताले नेपालको कर आधार विस्तारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको देखाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup