लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

साउदीले गर्यो आक्रमण रोक्न हुथीलाई एक अर्ब डलर प्रस्ताव

राजनीति

साउदीले गर्यो आक्रमण रोक्न हुथीलाई एक अर्ब डलर प्रस्ताव

इरान, अमेरिका र इजरायलबीच क्षेत्रीय तनाव बढिरहेका बेला भएको यो वार्तालाई तेहरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्ने र नयाँ सुरक्षा संरचनाको पहल गर्ने प्रयासका रूपमा हेरिएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
साउदीले गर्यो  आक्रमण रोक्न हुथीलाई एक अर्ब डलर प्रस्ताव

साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, रकम हस्तान्तरण भएको पुष्टि भएको छैन । रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुग्नुभएको थियो । एक कूटनीतिक स्रोतले उहाँ चढेको हक्र्युलस सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरे पनि साउदी अधिकारीले यसको पुष्टि गरेका छैनन् ।

वार्तामा टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन, पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असीम मुनीर तथा इरानका राष्ट्रपति मसुद पेजेस्कियानसहित वरिष्ठ अधिकारीहरू सहभागी रहेको बताइएको छ ।साउदी विमानस्थल र तेलसम्बन्धी संरचनामाथि बढ्दो आक्रमणले आर्थिक क्षति पुर्‍याइरहेका बेला इरानले साउदी अरेबिया र हुथीहरूबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको हो । हर्मुज जलघाँटीमा ट्याङ्करमाथि भएका इरानी आक्रमणले खाडी क्षेत्रबाट हुने तेल निर्यातसमेत प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।

साउदी विदेश मन्त्रालयले आफ्नो रक्षामन्त्री तथा मक्का संयुक्त रक्षा गठबन्धनका प्रतिनिधिहरूको तेहरान भ्रमण तनाव घटाउने, संवाद र कूटनीतिक समाधानलाई प्रोत्साहन गर्ने तथा कतार र पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गर्ने उद्देश्यले भएको जनाएको छ ।साउदी अधिकारीका अनुसार हुथीहरूसँगको विवाद तीन वर्षअघि भएको समझदारी कार्यान्वयनसँग पनि सम्बन्धित छ । उक्त समझदारीमा हुथी नियन्त्रित क्षेत्रमा सार्वजनिक कर्मचारीको तलब भुक्तानी र नागरिक पूर्वाधार पुनर्निर्माणका लागि साउदी अरेबियाले आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था थियो । बदलामा हुथीहरूले युद्धविराम कायम राख्ने र साउदीमाथिका आक्रमण रोक्ने अपेक्षा गरिएको थियो ।

हुथीहरूले पछिल्ला महिनामा साउदी अरेबियाले पुरानो समझदारी कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका छन् । तर, साउदी पक्षले सैन्य दबाबमा नयाँ युद्धविराम स्वीकार्न र यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारबाट कब्जा गरिएका क्षेत्र फिर्ता गर्नुअघि हुथीहरूलाई रकम दिन विरोध गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।इरान, अमेरिका र इजरायलबीच क्षेत्रीय तनाव बढिरहेका बेला भएको यो वार्तालाई तेहरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्ने र नयाँ सुरक्षा संरचनाको पहल गर्ने प्रयासका रूपमा हेरिएको छ । 

पाकिस्तानी सेना प्रमुखको अघिल्लो साता भएको भ्रमणका क्रममा अघि बढाइएको यस पहललाई इरानी नेतृत्व र मक्का संयुक्त रक्षा गठबन्धनका प्रतिनिधिबीचको पहिलो औपचारिक बैठक भनिएको छ ।अमेरिका र इजरायलको सैन्य हस्तक्षेपको विरोध गर्दै आएको इरानले आफूलाई क्षेत्रीय कूटनीतिक मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको रिपोर्टमा उल्लेख छ । तर, हुथीहरूलाई एक अर्ब डलर दिने प्रस्ताव र रकम तेहरान ल्याइएको दुवै दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup