लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण समापन, नेपालमा हरर तथा विधागत चलचित्रका लागि अर्को क्षणकारी वर्ष

कला सस्कृति

काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण समापन, नेपालमा हरर तथा विधागत चलचित्रका लागि अर्को क्षणकारी वर्ष

न्युज बिहानी
न्युज बिहानी
Shares
काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण समापन, नेपालमा हरर तथा विधागत चलचित्रका लागि अर्को क्षणकारी वर्ष

काठमाडौं। काठमाडौं हरर फिल्म फेस्ट (KHFF) को दोस्रो संस्करण आइतबार रसियन हाउस काठमाडौंमा समापन चलचित्र प्रदर्शन र पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ। मौसम प्रतिकूल हुँदाहुँदै पनि महोत्सवका तीनै दिन ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो र नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्रका प्रदर्शनमा हल भरिएको थियो।

समापन समारोहमा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति श्री ब्रजेश खनाल, नेपालस्थित रुसी संघीय दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख श्री रिनचेन राक्शायेभ, पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री श्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक सुश्री अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) का अध्यक्ष श्री के.पी. पाठकको गरिमामय उपस्थिति रहेको थियो।

महोत्सवको समापन मोराद मुस्तफाद्वारा निर्देशित 'आयशा कान्ट फ्लाई अवे' (Aisha Can't Fly Away) बाट भएको थियो। इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको १२० मिनेट अवधिको यो फिल्म काइरोको ऐन शम्स बस्तीमा बस्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको कथामा आधारित छ। इजिप्टी र अफ्रिकी आप्रवासीबीचको तनावका बीच गिरोहको नियन्त्रणमा रहेको बस्तीमा आयशाले भोग्नुपरेको संघर्ष फिल्मले देखाएको छ।

काठमाडौं हरर फिल्म फेस्टिभल २०२६ को प्रतिस्पर्धामा रहेका १८ वटा छोटा चलचित्रमध्ये दर्शकहरूको मतका आधारमा सर्वश्रेष्ठ छोटो चलचित्रको अवार्ड आकाश धिमालद्वारा निर्देशित नेपाली चलचित्र “KNAR” ले जित्न सफल भएको छ। त्यसैगरी, प्रतिस्पर्धामा रहेका ६ वटा फिचर चलचित्रमध्ये दर्शकहरूको मतका आधारमा सर्वश्रेष्ठ फिचर चलचित्रको अवार्ड नादिम ताबेतद्वारा निर्देशित “In This Darkness I See You” ले जित्न सफल भएको छ। यो चलचित्र फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त प्रस्तुति हो। 

प्रमुख अतिथिको आसनबाट मुख्य मन्तव्य दिँदै श्री खनालले प्रमुख अतिथि श्री खानालले सुश्री अनास्तासिया खोख्लोभा, श्री के.पी. पाठक तथा उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्दै महोत्सव आयोजना र आफूलाई आमन्त्रण गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो। उहाँले नेपालमा हरर चलचित्रको प्रवर्द्धन गर्ने यस पहलको प्रशंसा गर्नुभयो। श्री राखशाएभ र सुश्री खोख्लोभाले नेपाल रुसबीच चलचित्रमार्फत सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

साथै, महोत्सवका स्वयंसेवक तथा सहयोगीहरूलाई प्रशंसापत्र प्रदान गरियो।। श्री राक्शायेभ र सुश्री खोख्लोभाले चलचित्रमार्फत नेपाल र रुसबीचको सांस्कृतिक आदानप्रदान सुदृढ बनाउनेमा जोड दिनुभयो। समारोहमा महोत्सवका स्वयंसेवक तथा सहयोगीहरूलाई उहाँहरूको योगदानका लागि कदरपत्र प्रदान गरिएको थियो।

सन् २०२५ मा २५ वटा चलचित्र प्रदर्शन गरेर सुरु भएको KHFF को जगमा यो संस्करण अघि बढेको छ। यस वर्ष अन्तर्राष्ट्रिय खुला आह्वानमार्फत २१ देशका २६ वटा चलचित्र छानिएका थिए, जसमा ८ वटा फिचर र १८ वटा छोटा चलचित्र थिए। तीमध्ये पाँच वटा नेपाली निर्माण वा सहनिर्माण थिए, जसमा नेपाल–अस्ट्रेलियाको सहनिर्माण फिचर 'मोक्ष' (Mokshya) पनि पर्छ। कात्तिक १३ गतेको उद्घाटन समारोहमा जापान, ब्राजिल, पाकिस्तान, फ्रान्स र रुसका कूटनीतिक प्रतिनिधिहरूको उपस्थितिले सांस्कृतिक आदानप्रदानको मंचका रूपमा महोत्सवको बढ्दो भूमिकालाई दर्शाएको थियो।

महोत्सव निर्देशक श्री राशिक पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा विधागत चलचित्रप्रति ठूलो रुचि रहेको प्रमाणित गरेको र हरर चलचित्रले फिल्मकर्मीलाई लोककथा, समाज र पहिचानजस्ता विषय खोतल्ने सशक्त माध्यम दिने बताउनुभयो। उहाँले दर्शक, साझेदार, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै हरर तथा विधागत कथावाचनमा काम गर्ने नेपाली फिल्मकर्मीहरूका लागि महोत्सवले निरन्तर अवसर सिर्जना गरिरहने बताउनुभयो।

नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) को आयोजनामा सम्पन्न KHFF 2026 मा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका थिए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup