लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड तीनघण्टा बन्द हुने

समाचार

पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड तीनघण्टा बन्द हुने

न्युज बिहानी
न्युज बिहानी
Shares
पृथ्वी राजमार्ग :  आज मलेखु–मुग्लिङ सडकखण्ड तीनघण्टा  बन्द हुने

चितवन, १६ कात्तिकः पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो २ :०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो । 

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उहाँले जानकारी दिनुभयो ।

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमा पनि मागेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup