लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

समाचार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

प्रदेश १–०१–००१ ख ४२३३ नम्बरको बस नावा खोलामा फसेको हो । बस पनि जेसिबीको सहायताले निकालिएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

धनकुटा, १३ कात्तिकः ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ । निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । बस फसेपछि बसमा रहेका करिब ३० जना यात्रुहरूलाई जेसिबीको सहायताले सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । प्रदेश १–०१–००१ ख ४२३३ नम्बरको बस नावा खोलामा फसेको हो । बस पनि जेसिबीको सहायताले निकालिएको छ । 

बिहीबार बिहानैदेखि भइरहेको वर्षाका कारण नावा खोलासहित विभिन्न खोलामा पानीको सतह बढेको छ । खोलामा पानीको बहाव उच्च भएपछि तमोर करिडोर सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा हुँदै पाँचथर, तेह्रथुमबाट हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा तमोर करिडोर रहेको छ । 

तर, नावा खोलामा हालसम्म पक्की पुल निर्माण नहुँदा वर्षायाममा बाढी आउनेबित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । पुल निर्माणको ठेक्का लागे पनि पटकपटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन । जसले गर्दा यात्रु तथा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup