लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सप्तकोशी नदीमा नयाँ पुल निर्माण गरिने

अर्थतन्त्र

सप्तकोशी नदीमा नयाँ पुल निर्माण गरिने

हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
सप्तकोशी नदीमा नयाँ पुल निर्माण गरिने

सप्तरी, १३ कात्तिकः सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत रु ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिनुभयो । 

एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ ।निर्देशक ढकालले भन्नुभयो, “अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ ।” त्यस परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ । हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ ।

परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका केही विषयका कारण काम  भइरहेको छ । कोशी ब्यारेज पुरानो हुँदै गएको र बढ्दो सवारी चापका कारण प्रस्तावित वैकल्पिक मार्ग नेपालको पूर्वी क्षेत्रमा यातायात सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण सावित हुनेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup