लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

समाचार

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

न्युज बिहानी
न्युज बिहानी
Shares
भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन र जोखिमको मूल्याङ्कन गरिरहेका छन् ।

डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गो, लया गेओगस्थित वाकिला पहाडनजिकको तालबाट पानी बाहिरिएको थियो । राति करिब ८ः१५ बजे बाढीको पानी ताकत्सेमाखाङ पुगेपछि लयाको दुर्गम बस्ती जोड्ने सडकमा क्षति पुगेको थियो । राजमार्गको करिब ३१.८५ किलोमिटर खण्ड बगेपछि अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ । यात्रुलाई अत्यावश्यक नभए यात्रा स्थगित गर्न आग्रह गरिएको छ ।

सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको र चेतावनी साइरन बजाइएको थियो । शुक्रबार बिहानसम्म मानवीय क्षति भएको खबर छैन । तालबाट निस्किएको पानीको मात्रा र क्षतिको पूर्ण विवरण भने पुष्टि हुन बाँकी छ ।सिन्टाफु तालको पानी मो छु नदी हुँदै पुनाखा पुग्छ, जहाँ फो छु नदीसँग मिसिएर पुनात्साङछु बन्छ । यो नदी पछि सङ्कोशका रूपमा भारत प्रवेश गर्छ । त्यसैले भारतको उत्तर बङ्गाल क्षेत्रमा पनि सतर्कता अपनाइएको छ ।

सिन्टाफु भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालको सूचीमा रहेको ताल हो । सन् २०२३ मा भुटानी विज्ञहरूले यसको अध्ययन गरी ताल, प्राकृतिक बाँध र पानी आपूर्ति गर्ने हिमनदीको अवस्था जाँच गरेका थिए । जोखिम निगरानीका लागि उपकरणसमेत जडान गरिएको थियो । सूचीमा समावेश हुनुको अर्थ विस्फोट निश्चित हुनु नभई निरन्तर निगरानी आवश्यक हुनु हो ।

यसैबीच, भारतको केन्द्रीय जल आयोगले बाढीको जोखिमलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल र असमका लागि विशेष सतर्कता जारी गरेको छ । आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा पानीको सतह अचानक बढ्न सक्ने चेतावनी दिँदै सङ्कोश नदीको जलस्तर निगरानी गर्न र सावधानी अपनाउन स्थानीय अधिकारीहरूलाई आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup