लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

अर्थतन्त्र

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

न्युज बिहानी
न्युज बिहानी
Shares
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ, १३ कात्तिकः प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु ढुवानी गर्न कोरला नाका क्षेत्र पुगेका हुन् । कोरला नाका क्षेत्र समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा छ । यसैगरी कोरलास्थित मुस्ताङ भन्सार कार्यालय, क्वारेन्टाइन, सशस्त्र प्रहरीको बीओपी र इलाका प्रहरी कार्यालय समुन्द्री सतहको करिब चार हजार मिटर बढी उचाइ छ । 

बुधबार लोमान्थाङ गाउँपालिकाले सार्वजनिक सूचना प्रेषण गरी बिहीबारदेखि कोरला नाका तथा आसपासका क्षेत्रमा सवारी आवागमन तथा त्यस क्षेत्रमा नजान पर्यटक तथा सर्वसाधारणलाई सूचित गरिसकेको छ । लोमान्थाङले कोरला नाका तथा आसपासका क्षेत्रमा हिमपात, आँधी, हिमपहिरो लगायतको जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस प्रकारको सूचना जारी गरेको हो ।

मुस्ताङमा बिहीबार मध्यरातिदेखि निरन्तर मध्यम प्रकारको वर्षा भइरहेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा नियमित वर्षा भइरहेको छ भने कोरला नाका क्षेत्रमा मध्यम हिमपात भइरहेको छ । मुस्ताङमा मध्यम वर्षासँगै चिसो अत्यधिक बढिरहेको छ । उपल्लो मुस्ताङमा तापक्रम घटेर माइनस १२ डिग्री सम्म पुगेको छ । 

नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) का अनुसार आज बिहानदेखि उपल्लो मुस्ताङ र कोरला नाका क्षेत्रको मौसम प्रतिकूल बन्दै गएको छ । त्यहाँका बीओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार उपल्लो मुस्ताङमा बिहीबार बिहानदेखि मध्यम वर्षा भइरहेको छ । निरन्तरकोे वर्षाका कारण उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको भए पनि कोरला नाका सडकको आवागमनमा समस्या नपरेको इञ्चार्ज धितालले बताउनुभयो ।

 कोरला नाका क्षेत्रको उच्च लेकमा हिमपात भइरहेको भए पनि कोरलानाकाको दशगजा क्षेत्रमा आंशिक मात्रै हिमपात भएको उहाँले बताउँनुभयो । मौसम प्रतिकूलता हुने पूर्व सूचना भएकाले बीओपी चेकपोस्टबाट कोरला नाकामा नजान पर्यटक तथा सर्वसाधारणलाई सुझाइएको भए पनि आवागमन पूर्ण रुपमा बन्द नभएको उहाँले बताउनुभयो । कोरला नाका र लोमान्थाङ–४ न्हेचुङ भन्सार यार्डमा ५०० भन्दा बढी कन्टेनर र दुई हजार ५०० बढी विद्युतीय सवारीसाधन भन्सार जाँचपास तथा  मालवस्तु लोड गर्न रोकिएका इञ्चार्ज धिमालले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय कन्टेनर कोरला नाकाबाट मालवस्तु ढुवानी गर्न चीनतर्फ प्रवेश गरिसकेका छन् । 

हाटबजार बन्द
हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै आजदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ । लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपीले चीनतर्फको समन्वयमा चीनको लिजी पोर्टमा रहेको नेपाली हाटबजार बन्द गराएको हो । त्यहाँका बीओपी इञ्चार्ज धिमालले मौसम प्रतिकूलतासँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालबाट चीनतर्फ गएर पसल चलाउनेलाई चीन पक्षको समन्वयमा दुई दिनका लागि आवामगन बन्द गरिएको बताउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup