मङ्गलबार, ८ बैशाख २०८३
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी ओलीलाई बुझाएका छन् । आज भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दै प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको नैतिक जिम्मेवारी लिंदै आफुले पदबाट राजिनामा दिने उनले पार्टी बैठकमा जानकारी गराएका थिए ।