लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

क्याम्पाको ब्रान्ड एम्बासडरमा अभिनेत्री आँचल शर्मा नियुक्त

कर्पोरेट

क्याम्पाको ब्रान्ड एम्बासडरमा अभिनेत्री आँचल शर्मा नियुक्त

ब्रान्ड एम्बासडर नियुक्तिप्रति प्रतिक्रिया दिँदै अभिनेत्री शर्माले क्याम्पासँग आबद्ध हुन पाउँदा उत्साहित र गौरवान्वित भएको बताइन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
क्याम्पाको ब्रान्ड एम्बासडरमा अभिनेत्री आँचल शर्मा नियुक्त

काठमाडौं । पेय पदार्थ ब्रान्ड क्याम्पाले नेपाली अभिनेत्री आँचल शर्मालाई नेपालका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको क्याम्पाले शर्मालाई ब्रान्ड एम्बासडर नियुक्त गरेसँगै युवा उपभोक्तामाझ आफ्नो पहुँच थप विस्तार गर्ने लक्ष्य लिएको छ।

नेपालमा प्रवेश गरेदेखि नै युवा, ऊर्जाशील र सहज पहुँच भएको ब्रान्डका रूपमा पहिचान बनाउँदै आएको क्याम्पाले नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रमा लोकप्रिय शर्मासँगको सहकार्यबाट उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरेको छ।

शर्माको लोकप्रियता र डिजिटल क्षेत्रमा उनको उपस्थितिले ब्रान्डको प्रवर्द्धनमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।ब्रान्ड एम्बासडर नियुक्तिप्रति प्रतिक्रिया दिँदै अभिनेत्री शर्माले क्याम्पासँग आबद्ध हुन पाउँदा उत्साहित र गौरवान्वित भएको बताइन् । 

“क्याम्पा परिवारको हिस्सा बन्न पाउँदा म निकै उत्साहित र गर्व महसुस गरिरहेकी छु। क्याम्पाको युवा, साहसी र ऊर्जाशील व्यक्तित्वसँग म स्वाभाविक रूपमा आफूलाई जोडिएको महसुस गर्छु। ब्रान्डको यही ऊर्जा र भावनालाई प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु,” उनले भनिन्।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
bajaj
Advertisement Ad ends in 15s
Bisup