लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भक्तपुर शिक्षा, स्वास्थ्य र पर्यटनको हव हो : मुख्यमन्त्री

राजनीति

भक्तपुर शिक्षा, स्वास्थ्य र पर्यटनको हव हो : मुख्यमन्त्री

न्युज बिहानी
न्युज बिहानी
Shares
भक्तपुर शिक्षा, स्वास्थ्य र पर्यटनको हव हो : मुख्यमन्त्री

भक्तपुर, ७ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने आफ्नो पहिलो दायित्व हुने बताउनुभएको छ । आज भक्तपुरको बागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।  

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरवासीलाई कुनै पनि रोगको उपचार गर्न काठमाडौँ वा धुलिखेल जानु नपरोस् भनेर लागेको छु, यसको लागि भक्तपुर, ख्वप, सूर्यविनायक नगर, नेपाल कोरियामैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताल, निजी अस्पताललगायत भक्तपुरमा सञ्चालित सबै सरकारी तथा निजी अस्पताललसँग दुई तीन महिनामै समन्वय गरेर प्रत्येक अस्पतालमा एक–एक वटा विशेषज्ञ सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो । 

उहाँले भक्तपुरमा सबै तहको पढाइ हुन्छ भन्ने बोध गराउनु मेरो कर्तव्य हुनेछ, भन्नुभएको छ । मुख्यमन्त्री थापाले “भक्तपुरमा टुरिष्ट गाईड तालिम दिएर राजेगारी वृद्धि गर्ने, भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक, मध्यपुरथिमि सबै क्षेत्रमा पर्यटनको विकास गर्दै पर्यटकको हव बनाउन म लागिरहेको छु”, भन्नुभयो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup