लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

राजनीति

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुहुनेछ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली (भारत), ७ मङ्सिरः भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनेभएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्तापछि महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ । आजै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा केही आयोजना उद्घाटन गर्नुहुने छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने छ । यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुहुनेछ । 

यस्तै, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । त्यसअघि आज बिहान प्रधानमन्त्री शाह राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुहुने छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी हुनुहुन्छ । प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमण पूरा गरी आजै स्वदेश फर्कने कार्यतालिका छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup