लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

इसेवाको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न : एआई बटबाट टिकटको कालोबजारी, प्रयोगकर्ताको खाताबाटै पैसा गायब

इनसाइट

इसेवाको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न : एआई बटबाट टिकटको कालोबजारी, प्रयोगकर्ताको खाताबाटै पैसा गायब

इसेवा प्रयोगकर्ताको खाताबाट जानकारीबिनै रकम निकालिएको अर्को घटना पनि सार्वजनिक भएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
इसेवाको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न : एआई बटबाट टिकटको कालोबजारी, प्रयोगकर्ताको खाताबाटै पैसा गायब

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाको सुरक्षा प्रणाली र प्राविधिक विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। इसेवाको प्राविधिक कमजोरीको फाइदा उठाउँदै एआई (AI) बट प्रयोग गरी खरिद गरिएका नेपाल प्रिमियर लिग (एनपीएल) का टिकट महँगो मूल्यमा कालोबजारी भएको घटना सार्वजनिक भएको छ। यससँगै इसेवा प्रयोगकर्ताको खाताबाटै अनुमति र जानकारीबिनै रकम निकालिएको घटनाले इसेवा डिजिटल वालेटको सुरक्षाबारे थप चिन्ता बढाएको छ।

इसेवाको प्रणालीमा रहेको प्राविधिक कमजोरीको फाइदा उठाउँदै एआई बट प्रयोग गरेर प्रतिटिकट एक हजार रुपैयाँमा एनपीएलको टिकट खरिद गरिएको थियो। यसरी खरिद गरिएका टिकट सामाजिक सञ्जालमार्फत प्रतिटिकट ५ हजार भन्दा बढी रुपैयाँसम्ममा बिक्री भएको पाइएको छ।टिकट खरिद प्रक्रियामा स्वचालित बटको प्रयोग गरी सर्वसाधारणलाई टिकट खरिद गर्न कठिन बनाइएको र त्यसको फाइदा उठाउँदै महँगो मूल्यमा टिकट बिक्री भइरहेको विषयले टिकट वितरण प्रणालीको पारदर्शिता र डिजिटल भुक्तानी सुरक्षामाथि प्रश्न उठेको छ।

यसैबीच, इसेवा प्रयोगकर्ताको खाताबाट जानकारीबिनै रकम निकालिएको अर्को घटना पनि सार्वजनिक भएको छ। बिकेश पटेलले सामाजिक सञ्जालमा आफ्नो अनुभव सार्वजनिक गर्दै अस्ति राति ९:४९ बजे आफ्नो इसेवा खाताबाट १६ हजार रुपैयाँ आफूलाई कुनै जानकारी नदिई सिद्धार्थ बैंकको खातामा ट्रान्सफर भएको बताएका छन्। पटेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कति सजिलै मिहिनेतको कमाइ गायब हुँदो रहेछ, आज आफ्नै आँखाले देखियो।’

उनका अनुसार, आफूलाई जानकारी नै नदिई इसेवा खाताबाट रकम निकालिएपछि उनले इसेवा सपोर्ट तथा सम्बन्धित निकायमा निवेदन दिएका छन्। घटनाबारे अहिले छानबिनको प्रक्रिया अघि बढिरहेको उनले उल्लेख गरेका छन्।सानो लापरबाही र प्राविधिक जोखिमले समेत ठूलो आर्थिक क्षति पुर्‍याउन सक्ने भन्दै उनले प्रयोगकर्तालाई मोबाइल बैंकिङ तथा डिजिटल वालेटको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।एनपीएल टिकट खरिदमा एआई बटको प्रयोग र प्रयोगकर्ताको खाताबाट अनधिकृत रूपमा रकम निकालिएको भनिएको घटनाले इसेवाको सुरक्षा संयन्त्र, कारोबार प्रमाणीकरण प्रणाली तथा प्रयोगकर्ताको रकम संरक्षण गर्ने व्यवस्थाबारे गम्भीर प्रश्न उठाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup