काठमाडौं । जर्ज मन्सेको आक्रामक शतकप्रेरित सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक उपाधि आफ्नो नाममा लेखाएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित खेलमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल तयार गरेको थियो । जवाफमा सुदूरपश्चिमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १३.३ ओभरमै कुनै विकेट नगुमाई १५८ रन बनायो र सहज जित दर्ता गर्यो ।
सुदूरपश्चिमको जितमा जर्ज मन्से नायक बने । उनले आक्रामक ब्याटिङ गर्दै शानदार शतक प्रहार गरेपछि लुम्बिनीले दिएको लक्ष्य सुदूरपश्चिमले निकै सहज रूपमा पूरा गरेको थियो । यससँगै लगातार दुई संस्करणको फाइनलमा पराजित हुँदै आएको सुदूरपश्चिमले तेस्रो प्रयासमा एनपीएलको उपाधि उचाल्न सफल भएको छ ।
एनपीएलको पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग नै उपाधि गुमाएको थियो । यसपटक भने साविक विजेता लुम्बिनीलाई नै हराउँदै सुदूरपश्चिमले पुरानो हारको बदला लिएको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्