लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

खेलकुद

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

काठमाडौँ, १७ कात्तिकः  गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता २०२६ मा दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा लुम्बिनीले आज पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो । पोखराले दिएको ९८ रनको झिनो लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीका लागि अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ४७ र निरोशन डिकवेलाले २७ रन बनाए । यस्तै, डार्सी सर्टले १३ रन जोडे । 

बलिङतर्फ पोखराका लागि विपिन खत्रीले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो । पोखराका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे । बलिङतर्फ लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । यसअघि आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले दुई रनको रोमाञ्चक जित निकालेको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup