लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनपिएल : आज दुई खेल हुँदै

खेलकुद

एनपिएल : आज दुई खेल हुँदै

न्युज बिहानी
न्युज बिहानी
Shares
एनपिएल : आज दुई खेल  हुँदै

काठमाडौँ, २६ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज मध्याह्न १२ः३० मा सुरु हुने खेलमा पोखरा एभेन्जर्सर विराटनगर किङ्स तथा अपराह्न ५ः०० बजेदेखि सुरु हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन् ।

यी दुईवटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने तालिका छ ।  पहिलो खेल ‘प्लेअफ’ सम्भावना जीवित राख्न पोखरा र विराटनगर दुवै टोलीका लागि महत्वपूर्ण छ । छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेल खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ । तालिकाको आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेलमा चारमा हार र एक खेलमा मात्र जित दर्ता गरेको छ ।

दोस्रो खेलमा प्लेअफ सम्भावना कायमै राख्न कर्णाली याक्स जित्नैपर्ने दबाबमा रहेको छ । तालिकाको सातौँ स्थानमा रहेको उसले पाँच खेलमा तीनमा पराजय र दुई खेलमा मात्र जित हात पारेको छ । लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ । अहिले तालिकाको तेस्रो स्थानमा रहेको उसले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।एनपिएलको जारी संस्करणमा पनि आठवटा टोलीको सहभागिता रहेको छ । प्रतियोगित मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup