लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

समाचार

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

न्युज बिहानी
न्युज बिहानी
Shares
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

काठमाडौँ, २४ कात्तिकः प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५६ हजार ५४० र छ बुक ताससहित पक्राउ गरेको हो ।

त्यसैगरी, चितवन रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसहित छ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलारामसहित सात जना पक्राउ परेका छन् । चितवन प्रहरीले जुवातास खेलिरहेका व्यक्तिहरूको साथबाट रु तीन लाख ३७ हजार ४८० र एक बुक ताससहित पक्राउ गरेको हो ।

धनकुटा, पाख्रीबास नगरपालिका–९ बस्ने ५५ वर्षीय विष्णु घिसिङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विष्णुसमेत सात जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । भक्तपुर, मध्यपुरथिमि नगरपालिका–३ एसएस चोक नजिकबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सुजन तामाङ समेत नौ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय दिपेश लामिछानेसमेत १५ जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

झापा, कमल गाउँपालिका–५ टुक्रे बस्ने ४५ वर्षीया गीता भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा गीतासमेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी झापा, दमक नगरपालिका–१० बाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ५४ वर्षीय काजिम थापासमेत १० जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । धनुषा, जनकपुरधाम उपमहानगरपालिका–२ शिव चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय सञ्जय पंजियारसमेत पाँच जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु, वाणगङ्गा नगरपालिका–७ चौरीगाउँ बस्ने ४१ वर्षीय विष्णु थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसमेत चार जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही, बरहथवा नगरपालिका–९ मुर्तियाबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा बरहथवा नगरपालिका–९ बस्ने लालकृष्ण गुरुङसमेत दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । यसैगरी सर्लाही, लालबन्दी नगरपालिका–४ हरिभवन टोल बस्ने ४० वर्षीय भुवनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवनसमेत नौ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने ५३ वर्षीय रवीन्द्र केसीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवीन्द्रसमेत छ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कास्की, पोखरा महानगरपालिका–१८ अधेरीकुना डेरा गरी बस्ने म्याग्दी घर भएका ४८ वर्षीय केशर रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा केशरसमेत छ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup