लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भीमफेदी ईभी दुर्घटना : मृतक १४ जनाकै सनाखत

समाचार

भीमफेदी ईभी दुर्घटना : मृतक १४ जनाकै सनाखत

दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
भीमफेदी ईभी दुर्घटना : मृतक १४ जनाकै सनाखत

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या बढेको हो। दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा पाँच जना महिला तथा बालबालिका र नौ जना पुरुष गरी १४ जनाको मृत्यु भएको छ। मृतकमध्ये सर्लाहीको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १३ जना रहेका छन्।

यसअघि पहिचान खुलेका मृतकमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका थिए। थप तीन जनाको पहिचान खुलेसँगै दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको हो।दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदिप यादव रहेका छन्।

घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा रिफर गरिएको छ। त्यस्तै, ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। भीमफेदीको चिसापानीगढीमा भएको उक्त दुर्घटनाले ठूलो मानवीय क्षति पुर्‍याएको छ। दुर्घटनाको घटनाक्रम र कारणबारे थप विवरण आउन बाँकी छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup