लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

४६ वषर्पछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो

कला सस्कृति

४६ वषर्पछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो

कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
४६ वषर्पछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो

काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ६ गते आइतबार काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण  तयारी पूरा भएको छ । नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवले दुई देशबीचको सात दशक लामो मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

महोत्सवको मुख्य आकषर्णका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगो (GODIEGO) को विशेष प्रस्तुति रहनेछ । सन् १९८० मा काठमाडौँको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको गोडाइगो ४६ वषर्पछि पुनः नेपालमा प्रस्तुत हुन लागेको हो। यसैगरी, जापानका चर्चित हिपहप कलाकार मम्मी–डी  (Mummy-D) सहित कववेभ, कुटुम्ब र सविन राई एण्ड द फराहो नेपाली व्याण्डहरुको समेत विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

महोत्सवले सांस्कृतिक सम्बन्धसँगै मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ । भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औँ वाषर्िकोत्सव कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ। यस महोत्सवले दुई देशबीचको मित्रतालाई नयाँ पुस्तासम्म पु¥याउनुका साथै पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा योगदान पु¥याउने आयोजकको विश्वास छ ।महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक गतिविधिसमेत सञ्चालन हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup