लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

राजनीति

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको प्रदर्शन निर्वाचन आयोगमाथि लागेको अनियमितताको आरोपपछि सुरु भएको आन्दोलनको निरन्तरता हो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै भारतको निर्वाचन प्रमुख ज्ञानेश कुमारको राजीनामा मागेर शनिबार राजधानी नयाँदिल्लीमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको प्रदर्शन निर्वाचन आयोगमाथि लागेको अनियमितताको आरोपपछि सुरु भएको आन्दोलनको निरन्तरता हो ।

भारतको निर्वाचन आयोगले भने आरोप अस्वीकार गर्दै मतदाता नामावलीको विशेष पुनरावलोकन दोहोरो नाम हटाउन र अयोग्य मतदातालाई सूचीबाट बाहिर राख्न गरिएको जनाएको छ । विपक्षी दल तथा आलोचकहरूले भने यस प्रक्रियाले वास्तविक मतदाताहरू मतदानको अधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्न सक्ने आशंका व्यक्त गरेका छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका दर्जनौँ मेट्रो स्टेसन बन्द गर्ने आदेश दिइएको छ भने केही रेल सेवा पनि रद्द गरिएका छन् । भारतको सर्वोच्च अदालतले भने सबै मेट्रो स्टेसन एकैपटक बन्द नगर्न र केही रेल सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ ।सीजेपीले देशभर कम्तीमा १० हजार समर्थकलाई नियन्त्रणमा लिइएको आरोप लगाएको छ । प्रहरीले यस आरोपबारे विस्तृत प्रतिक्रिया दिएको छैन ।

सन् २०२५ मा सुरु भएको मतदाता नामावली पुनरावलोकनका क्रममा प्रारम्भिक सूचीबाट १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएको बताइएको छ । यस घटनाले भारतमा निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदान अधिकारसम्बन्धी बहसलाई थप चर्काएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup