लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

यातायात विभागका महानिर्देशक पोखरेल पक्राउ

समाचार

यातायात विभागका महानिर्देशक पोखरेल पक्राउ

न्युज बिहानी
न्युज बिहानी
Shares
यातायात विभागका महानिर्देशक पोखरेल पक्राउ

तत्कालीन दुई मन्त्रीसहित ६ जना प्रहरीको नियन्त्रणमा, श्रम मन्त्रालयका उच्च अधिकारीमाथि सीआईबीको कारबाही काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी ठगी गर्ने र विदेशी मुद्रा अपचलनमा सघाएको आरोपमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन्। श्रम मन्त्रालयमा कार्यरत रहँदा भएको भनिएको अनियमितता तथा श्रमिक ठगी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पोखरेललाई बुधबार पक्राउ गरेको हो।

यस प्रकरणमा सीआईबीले तत्कालीन दुई मन्त्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल, अर्का सहसचिव उमेश ढुंगाना र उपसचिव निर्मला गुरुङ रहेका छन्। मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गर्ने, ठगीबाट संकलित रकमको कारोबार गर्ने तथा विदेशी मुद्रा अपचलनमा सहयोग पुर्‍याएको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

यो प्रकरण सामान्य बिचौलियाको ठगीमा मात्र सीमित नरहेको अनुसन्धानले देखाएको छ। श्रमिकबाट रकम असुल्ने धन्दामा नीतिगत तथा प्रशासनिक तहका जिम्मेवार व्यक्तिहरूको संलग्नता रहेको आशंकामा अनुसन्धानको दायरा उच्च राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रसम्म पुगेको हो। यसअघि नै उक्त प्रकरणमा व्यवसायी कैलाश खड्कालगायत व्यक्तिहरू पक्राउ परिसकेका छन्। उनीहरूमाथिको अनुसन्धानकै क्रममा तत्कालीन मन्त्रीदेखि सचिव र सहसचिव तहका अधिकारीसम्मको भूमिका खोतलिएको हो। विदेशमा रोजगारी खोज्न बाध्य नेपाली श्रमिकलाई लक्षित गरी सञ्चालन भएको भनिएको यस्तो धन्दामा राज्यका जिम्मेवार पदाधिकारीकै संलग्नता रहेको आरोप सार्वजनिक हुनु गम्भीर विषय बनेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup