इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । तेहरानस्थित मेहर समाचार एजेन्सीले आइतबार यसबारे जानकारी दिएको हो । समाचार एजेन्सीका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को स्थल सेनाले सञ्चालन गरेको ड्रोन आक्रमणमा बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई शनिबार राति निशाना बनाइएको थियो ।
इरानले उक्त समूहलाई आतङ्कवादी तथा पृथकतावादी सङ्गठनका रूपमा लिँदै आएको छ । इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा इरानी कुर्द विपक्षी लडाकु समूहका विभिन्न शिविर र आधार रहेका छन् । मध्यपूर्वमा फेब्रुअरीमा द्वन्द्व सुरु भएयता इरानले यी समूहलाई पटकपटक निशाना बनाउँदै आएको छ । तेहरानले इरानी कुर्द लडाकु समूहहरूलाई आफ्नो कट्टर शत्रु इजरायलको समर्थन प्राप्त रहेको आरोप लगाउँदै आएको छ ।
यद्यपि, पछिल्लो ड्रोन आक्रमणबारे आईआरजीसीले तत्काल आधिकारिक रूपमा जिम्मेवारी लिएको छैन । यस क्षेत्रमा भएका पछिल्ला आक्रमणमध्ये सबैभन्दा घातक घटनामा गत जुलाई १७ मा सुलेमानिया सहरनजिक कोमाला समूहका नौ जना सदस्य मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्