एभरेस्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूका लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको भदौ ११ गते बिहीबार बसेको सञ्चालक समितिको ४०२ औं बैठकले लाभांश वितरण गर्ने सम्बन्धी निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजी रु. १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँको आधारमा ५ प्रतिशत (रु. ६८ करोड ६० लाख ६८ हजार ७९६) बोनस सेयर र १० प्रतिशत (रु. १ अर्ब ३७ करोड २१ लाख ३७ हजार ५९२) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूमा वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्