लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रको विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

अर्थतन्त्र

बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रको विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रको विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी गएको भोलिपल्टबाटै पुन: विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो । 

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुन: सुचारू भइसकेको छ । नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण क्षेत्रमा विद्युत पुगेको थियो । धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली पुन सूचारु गरिएको थियो । बाढीबाट सबैभन्दा प्रभावित रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली पुर्याइएको छ । 

उत्तरगया गाउँपालिकाको वडा नं. १, गोसाईकुण्ड गाउँपालिकाको वडा नं. १, २, ३ बाहेक जिल्लाको बाँकी सबै क्षेत्रमा विद्युत सेवा सुचारू गरिएको प्रवक्ता शाक्यले बताए । उनकाअनुसार राष्ट्रिय विद्युत वितरण नपुगेको क्षेत्रमा बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत सेवा क्रमशः सुचारू भइरहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup