लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

समाचार

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

न्युज बिहानी
न्युज बिहानी
Shares
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ, १० कात्तिक : काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौँ महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजुकुमार भन्ने राजु पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूले यही कात्तिक ७ गते काठमाडौँको कलङ्कीस्थित तासिङडोल मार्गमा बस्ने उर्मिला भन्ने सीता थपलियाको फ्ल्याटमा कोही नभएको मौका पारी ढोकाको ताला फोडेर नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गरेको अनुसन्धानबाट खुलेको हो ।

उहाँले भन्नुभयो, “घर तथा फ्ल्याटमा कोही नभएको मौका छोपेर ढोकाको ताला फोडी नगद तथा सुनचाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरेका छौँ ।” प्रहरीका अनुसार पक्राउ परेकाहरूले यही कात्तिक ६ गते बिहान कलङ्कीको रञ्जित कोलोनीस्थित नीरञ्जन नेपालको घरमा समेत चोरी गरेको खुलेको छ । लगातार दुई दिन फरक–फरक घरमा चोरीका घटना भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा चोरीका घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाहरूको साथबाट चोरी गरिएका सुन तथा चाँदीका गरगहना र नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई बरामद गरिएका सामानसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup