लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ

समाचार

प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ

काठमाडौँ, ११ कात्तिक : काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा अपराध कर्ममा संलग्न ९२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले सार्वजनिकस्थल, यातायातका साधन, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रलाई लक्षित गरी अभियान सञ्चालन गरेको जनाएको छ ।

परिसरका अनुसार पक्राउ परेकामध्ये ८४ जना पुरुष र आठ जना महिला छन् । पक्राउ परेकामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्का गरिएका व्यक्तिदेखि अदालतबाट दोषी ठहर भई फरार रहेका कसुरदारसमेत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम  गरी सम्भावित आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नागरिकको बढी आवतजावत हुने सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्र र भीडभाड हुने स्थानमा प्रहरीले निगरानी तथा जाँचलाई तीव्र बनाएको हो ।प्रहरीले विशेषगरी सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाको गतिविधि सञ्चालन गर्ने र गुण्डागर्दी गर्ने व्यक्तिहरूलाई लक्षित गरी अभियान सञ्चालन गरेको जनाएको छ ।

सजाय तोकिएका १३ जना पनि पक्राउ
विशेष स्वीप अपरेसनका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका १३ जना फरार कसुरदारसमेत पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका तथा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिको खोजीलाई समेत अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्वीप अपरेसनको उद्देश्य शङ्कास्पद गतिविधिमाथि निगरानी बढाउनेमात्र नभई सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण, फरार प्रतिवादी तथा कसुरदारको खोजी र सर्वसाधारणलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्ने अवस्था सिर्जना गर्नु  रहेको छ ।

सार्वजनिक यातायातका साधन, बसपार्क, भीडभाड हुने बजार क्षेत्र तथा सेवाग्राहीको बढी उपस्थिति रहने कार्यालय आसपासमा चोरी, लुटपाट, दुव्र्यवहार र बिचौलियाका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्षेत्रमा प्रहरीको उपस्थिति र निगरानी बढाइएको छ ।

प्रवक्ता थापाका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउनेगरी प्रहरी परिचालन गरिएको हो ।

प्रहरीले यस्ता विशेष सुरक्षा अभियानले सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न, आपराधिक मनोवृत्ति भएका व्यक्तिको गतिविधिमाथि निगरानी बढाउन तथा नागरिकमा सुरक्षाको अनुभूति गराउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

प्रहरीले पक्राउ गरिएका व्यक्तिको आपराधिक गतिविधिमा संलग्नता, लागेका आरोप तथा अन्य कानुनी विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । परिसरले शान्ति, सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रण गर्न विशेष निगरानी र जाँचलाई निरन्तरता दिने जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup