लोड हुँदै...
लोड हुँदै...
stc
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

GWM को आफ्नै ब्याट्री प्रविधि, Dragon Armor Battery ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ब्याट्री प्रविधि, Dragon Armor Battery ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

Advertisement
न्युज बिहानी
न्युज बिहानी
Shares
GWM को आफ्नै ब्याट्री प्रविधि, Dragon Armor Battery ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ। धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि, GWM विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी SVOLT Energy मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ। यही कारण GWM ले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको छ।

नेपालमा हालै सार्वजनिक भएको GWM ORA 5 EV SUV मा प्रयोग गरिएको Dragon Armor Battery पनि GWM अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी SVOLT ले विकास तथा उत्पादन गरेको हो। वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको छ।

Advertisement


"Dragon Armor" नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन्। यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ। यसै कारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवच (Armor) को रूपमा काम गर्छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisement

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Made with by Yubraj Pandeya