लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

आमालाई गुमाएको पीडा गीतमा : भूपेशको ‘मेरी आमा’ सार्वजनिक

आमालाई गुमाएको पीडा गीतमा : भूपेशको ‘मेरी आमा’ सार्वजनिक

न्युज बिहानी
न्युज बिहानी
Shares

काठमाडौं — गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको सम्झनामा तयार पारेको  गीत ‘मेरी आमा’ सार्वजनिक गरेका छन्। वास्तविक जीवनमा भोगेको पीडादायी घटनाबाट प्रेरित गीतको म्युजिक भिडियोमा आमाको माया, बाल्यकालका सम्झना, अस्पतालको पीडा र आमालाई गुमाउँदाको क्षणलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ।

आमाको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदा चिकित्सकबाट प्राप्त निराशाजनक खबर, छोराको मनमा पलाएको आशा र अन्ततः आमालाई गुमाउनुपरेको पीडालाई भूपेशले शब्द, संगीत र दृश्यमा उतारेका छन्।गीतका शब्द, संगीत, स्वर र अभिनय भूपेश गिरीकै हो। भिडियोमा संगम राईले आमाको भूमिका निभाएकी छन् भने बाल कलाकार ब्रायन घिमिरेले बाल्यकालका भूपेशको भूमिका निर्वाह गरेका छन्।

राजीव समरको निर्देशनमा बनेको भिडियोको छायांकन रक कौशल, सम्पादन तथा कलर राकेश दाहाल र पोस्ट प्रोडक्सन नोभिस आर्ट्सको रहेको छ। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सजन शाहले गरेका हुन्।ग्लोबल हायरको प्रस्तुति तथा कुसुम पाठक निर्मात्री रहेको यस म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup