लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनएमबि बैंकको नाफा बढ्यो : प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

वित्त बजार

एनएमबि बैंकको नाफा बढ्यो : प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

खराब कर्जाको अनुपात अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ, जसले कर्जाको गुणस्तरमा सुधार आएको देखाउँछ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एनएमबि बैंकको नाफा बढ्यो : प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (EPS) पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकका शेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ। कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको छ।

खराब कर्जाको अनुपात अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ, जसले कर्जाको गुणस्तरमा सुधार आएको देखाउँछ।यसै गरी, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा झरेको छ। बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ, जसले बैंकको पुँजीगत सुदृढता, वित्तीय स्थायित्व तथा दिगो बैंकिङ अभ्यासप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup