लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

होण्डाले ल्यायो चाडपर्व अफर : नयाँ कार किन्दा १० लाख रुपैयाँसम्मको आकर्षक छुट

अटो टेक

होण्डाले ल्यायो चाडपर्व अफर : नयाँ कार किन्दा १० लाख रुपैयाँसम्मको आकर्षक छुट

पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
होण्डाले ल्यायो चाडपर्व अफर : नयाँ कार किन्दा १० लाख रुपैयाँसम्मको आकर्षक छुट

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्ना ग्राहकहरुका लागि 'FESTIVE OFFER HONDA को सफर' नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ। ग्राहकहरुको चाडपर्वलाई अझै विशेष र खुसीयालीपूर्ण बनाउने उद्देश्यका साथ कम्पनीले यो योजना बजारमा ल्याएको हो, जसमा ग्राहकहरुले होण्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। 

साथै, यस अफर अन्तर्गत ग्राहकहरुको थप सुविधालाई ध्यानमा राख्दै नयाँ कार खरिदमा १ आर्थिक वर्षको लागि सडक कर र १ आर्थिक वर्षकै लागि पूर्ण बीमा पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइएको छ। गाडी खरिदपछिको ग्राहक अनुभवलाई अझै उत्कृष्ट र झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्मको लागि निःशुल्क सर्भिसिङ र १ वर्षको लागि निःशुल्क सडक सहायताको विशेष व्यवस्था समेत गरेको छ।

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ। नयाँ गाडी खरिदलाई आर्थिक रुपले थप सहज बनाउन स्याकार हायर पर्चेज र एन आईसी एसिया बैंक सँगको सहकार्यमा आकर्षक र निकै कम ब्याजदरमा सजिलो फाइनान्सिङको सुविधा पनि यस अफरमा समावेश गरिएको छ।

कम्पनीका अनुसार यो 'FESTIVE OFFER HONDA को सफर' योजना इन्द्रजात्राको दिन अर्थात् सेप्टेम्बर २५, २०२६ (शुक्रबार) देखि सुरु भई छठ पूजा अर्थात् नोभेम्बर १६, २०२६ (सोमबार) सम्म देशभरका होण्डा कार शोरुमहरुमा लागू हुनेछ। कम्पनीका अनुसार यस योजना अन्तर्गत होण्डा कार खरिद गर्दा नियम तथा सर्तहरु लागू हुनेछन्।

"Drive a Brighter Tomorrow" भन्ने नाराका साथ ल्याइएको यस अफरमार्फत होण्डाका उत्कृष्ट कारहरु (Honda CR-V, Elevate, City, City e:HEV) सानदार छुट र सुविधाहरुसहित घर भित्र्याई आफ्नो र आफ्नो परिवारको खुसी दोब्बर बनाउन कम्पनीले सम्पूर्ण ग्राहकवर्गमा आह्वान गरेको छ। यस योजनासँग सम्बन्धित थप जानकारीका लागि ग्राहकले आफ्नो नजिकैको होण्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup