लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

जनकपुरमा रास्वपाको प्रचारमा रेडक्रसको सवारीसाधन प्रयोग

जनकपुरमा रास्वपाको प्रचारमा रेडक्रसको सवारीसाधन प्रयोग

न्युज बिहानी
न्युज बिहानी
Shares
जनकपुरमा रास्वपाको प्रचारमा रेडक्रसको सवारीसाधन प्रयोग

जनकपुरधाम । मानवीय सेवामा समर्पित हुनुपर्ने नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरूले संस्थाको सवारीसाधन राजनीतिक दलको प्रचारप्रसार तथा निजी प्रयोजनमा प्रयोग गरेको आरोप सार्वजनिक भएको छ। रेडक्रसको १४५१ नम्बरको स्कर्पियो गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वागत तथा पार्टीका कार्यकर्ता ओसारपसारमा प्रयोग भएको पाइएको छ।

प्राप्त विवरणअनुसार जनकपुरधाममा रवि लामिछानेको स्वागतका लागि नेपाल रेडक्रस सोसाइटीको उक्त गाडी प्रयोग गरिएको थियो। सो गाडी हेटौँडा र सिन्धुली हुँदै जनकपुरधाम पुगेको बताइएको छ। रेडक्रसको स्रोतसाधन प्रयोग गरेर राजनीतिक दलको गतिविधिमा सहभागी हुनु संस्थाको उद्देश्य, मर्यादा र निष्पक्षतामाथिकै गम्भीर प्रश्न हो। यस प्रकरणमा सोसाइटीका अध्यक्ष विशाल भण्डारीको भूमिकामाथि समेत प्रश्न उठेको छ। अध्यक्ष भण्डारीले दसैँको समयमा रेडक्रसको गाडी आफ्नै गृहजिल्ला दोलखास्थित घरमा लगेको आरोपसमेत लागेको छ।

त्यस्तै, सोसाइटीका महामन्त्री ऋषि रमन खनालमाथि पनि संस्थाको सवारीसाधन निजी प्रयोजनमा प्रयोग गरेको आरोप छ। नुवाकोटबाट चितवनस्थित आफ्नो घर तथा ससुरालीसम्म जाँदा संस्थाको गाडी प्रयोग गरेको र त्यसका लागि चालकसमेत राखिएको विषय संस्थाभित्रै प्रश्नको विषय बनेको बताइएको छ।

रेडक्रसकै निर्देशनविपरीत पदाधिकारीको गतिविधि ?
रोचक पक्ष के छ भने नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारीसाधनको दुरुपयोग रोक्न विभिन्न जिल्लालाई परिपत्र गरेको बताइएको छ। परिपत्रमा गाडीको दुरुपयोग भएको पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।तर संस्थाको सम्पत्ति दुरुपयोग नगर्न मातहतका निकायलाई निर्देशन दिने नेतृत्व तहकै पदाधिकारीमाथि राजनीतिक तथा व्यक्तिगत प्रयोजनमा गाडी प्रयोग गरेको आरोप लाग्नु आफैँमा गम्भीर विषय हो।

रेडक्रस कुनै राजनीतिक दलको भ्रातृ संगठन होइन। यो मानवीय सेवाका लागि स्थापित संस्था हो। विपद्, रक्तसञ्चार, स्वास्थ्य सेवा तथा मानवीय सहयोगका लागि प्रयोग हुनुपर्ने संस्थाको गाडी राजनीतिक दलको सभापति स्वागत गर्न र कार्यकर्ता ओसार्न प्रयोग भएको हो भने त्यसको जवाफदेहिता कसले लिने ?

संस्थाको गाडी कुन प्रयोजनका लागि, कसको स्वीकृतिमा र कसको खर्चमा प्रयोग भयो ? इन्धन तथा चालकको खर्च कसले व्यहोरेको छ ? गाडी प्रयोगसम्बन्धी लगबुक र भ्रमण आदेशमा के विवरण उल्लेख छ ? यी प्रश्नको निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

अब छानबिन र कारबाही कहिले ?
रेडक्रसको सम्पत्ति कुनै पदाधिकारीको निजी सम्पत्ति होइन। संस्थाको साधनस्रोत व्यक्तिगत सुविधा वा राजनीतिक दलको प्रचारमा प्रयोग गर्न मिल्दैन। त्यसैले १४५१ नम्बरको गाडीको जनकपुर यात्रा, अध्यक्ष भण्डारीको दोलखा भ्रमण तथा महामन्त्री खनालको चितवन यात्रासम्बन्धी विवरण सार्वजनिक गरी छानबिन गर्नुपर्ने देखिन्छ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय नेतृत्व र सम्बन्धित नियमनकारी निकायले गाडीको लगबुक, इन्धन बिल, चालकको विवरण तथा स्वीकृत भ्रमण आदेश परीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ। मानवीय सेवाको नाममा संकलित स्रोतसाधन राजनीतिक दलको स्वागत र पदाधिकारीको निजी सुविधामा प्रयोग भएको हो भने त्यो सामान्य प्रशासनिक कमजोरी होइन, संस्थागत जवाफदेहितामाथिको गम्भीर प्रश्न हो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
nbl
Advertisement Ad ends in 15s
Bisup