लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राजनीति

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

विक्रम थापाले गत वर्ष भदौ २३ र २४ गते सहिद भएका वीर सपूत भएकाले तिनका विषयमा गरिने नकारात्मक टिप्पणी सह्य नहुने बताउनुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ८ असोजः प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा ललिताकुमारीले युवाले भविष्य खोज्न विदेश जानु नपर्ने वातावरण बनाउन माग गर्नुभयो । लक्ष्मीप्रसाद पोखरेलले तारकेश्वरमा बालबालिका हराएकाले खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । लालविक्रम थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेका वाचा पूरा गर्न पार्टी नेतृत्वको सरकारले ध्यानाकर्षण गराउनुभयो । डा लेखजङ्ग थापाले जलवायु परिवर्तनसँगै बाढीको जोखिम बढिरहेकाले तिनाउ नदी उत्खनन रोक्न माग गर्नुभयो । 
  
विक्रम थापाले गत वर्ष भदौ २३ र २४ गते सहिद भएका वीर सपूत भएकाले तिनका विषयमा गरिने नकारात्मक टिप्पणी सह्य नहुने बताउनुभयो । विपिनकुमार आचार्यले सरुवा र बढुवा विधि एवं पद्धतिबाट हुने व्यवस्था गर्न स्वायत्त बोर्ड बनाउने नीति छिटो कार्यान्वयन गराउन माग गर्नुभयो ।बोधनारायण श्रेष्ठले पृथ्वी राजमार्गको गल्छी क्षेत्रको भाग त्रिशूली नदीले कटान गरेकाले बनाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । शम्भुप्रसाद ढकालले झापाका युवासँग भएको पाँचबुँदे सहमति कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
शिवशङ्कर यादवले कमला पुल आर्थिक समृद्धिसँग जोडिएको विषय भएकाले छिटो गराउनुपर्नेमा जोड दिनुभयो । शोभा खनालले सडकको क्षमताअनुसार त्यहाँ चलाउनुपर्ने सार्वजनिक यातायात कति हो यसको निर्धारण गराउन माग गर्नुभयो । श्रद्धा कुँवर क्षेत्रीले कानुन कार्यान्वयनलाई सुधार गरिनुपर्ने बताउनुभयो । जेनजी आन्दोलका युवाको माग पनि कानुनको शासन भएको उहाँको भनाइ थियो । श्रीधर पोखरेलले भूमिहीनका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
  
श्रीराम न्यौपानेले अहिले भइरहेको मौसमबाट प्रभावित क्षेत्रमा सहज उद्धारको व्यवस्था गराउन माग गर्नुभयो । सन्तोष राजवंशीले सरकार गठन भएको छ महिना भइसकेको अवस्थामा निर्वाचन क्षेत्रमा जाँदा के गरेको छ भनी प्रश्न आएकाले रोजगारीको व्यवस्था गराउन माग गर्नुभयो । सलिम मियाँले प्रधानमन्त्रीको संयुक्त राष्ट्र सङ्घ महासभा भ्रमण तामझामरहित भएको बताउनुभयो । सांसद समीक्षा बास्कोटाले सरकारले सबै क्षेत्रमा सकारात्मक तवरले काम गरिरहेको देखिएको बताउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup