लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राजनीति

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

नेपाली नागरिक रोजगारीका लागि जुनसुकै देशमा पुगे पनि तिनको सुरक्षाको व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १४ असोजः प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिँदै सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुरको झोलुङ्गे पुलमा मङ्गलबार रातिको बाढीले क्षति पुर्‍याएको भन्दै छिटो बनाउने व्यवस्था मिलाउन माग गर्नुभयो । सांसद योगेश गौचन थकालीले अविरल वर्षापछि पहिरो र नदी कटानले मुस्ताङ्का पूर्वाधारमा गम्भीर क्षति पुगेको र कृषि पूर्वाधारमा पनि गम्भीर समस्या देखा परेको बताउनुभयो । 

उहाँले लोमन्थाङ, थासाङ, बाराह मुक्ति क्षेत्र गाउँपालिकामा बाढी पहिरोले बढी क्षति पुर्‍याएको जानकारी दिनुभयो । सांसद आरेन राईले मनाङमा गएको हिउँ पहिरोमा खोटाङका चार जना हराइरहेको जानकरी दिँदै तत्काल खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्रिपुरेश्वरमा आगलागी गरी निधन भएका चालक अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै कुराकानी नगरेको भन्दै तत्काल संवाद गर्न माग गर्नुभयो । 

सांसद प्रभा ढकालले वन्यजन्तुबाट हुने मानवीय क्षति कम गर्न सरकारको ध्यान पुग्न नसकेको भन्दै निकुञ्ज नजिकका मानिसले दुःख पाउने अवस्थाको अन्त्य गर्नुपर्ने माग गर्नुभयोे । सांसद कमल सुवेदीले दाङका धेरै मानिस वैदेशिक रोजगारीमा गएका बेला निधन भई शव विदेशमै रहेको जानकारी दिँदै एकिन्द्र ओलीको दक्षिण कोरिया एवं वीरेन्द्र चौधरी र कमला विकको भारतमा निधन भएकाले शव ल्याउन माग गर्नुभयो । नेपाली नागरिक रोजगारीका लागि जुनसुकै देशमा पुगे पनि तिनको सुरक्षाको व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद सृजना श्रेष्ठले धरानका ५६ वटा सामुदायिक विद्यालयमा शिक्षक अभाव भएको भन्दै सो विषयमा साना विद्यार्थीले धर्ना दिएर बसेकाले समस्या समाधानको माग गर्नुभयो । सांसद निनुकुमारी कर्णले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नियन्त्रणमा लिएको घटनाको विरोध गर्नुभयो । सांसद अम्बिकादेवी सङ्ग्रौलाले सीमा नाकामा देखिएका समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
honda
Advertisement Ad ends in 15s
Bisup